बाँके चैत १३ गते । नेपालगन्जको जमुनाह नाकामा अलपत्र परेका १६ जनालाई दुई दिनपछि आज सुर्खेत पठाइएको छ । जमुनाह नाकाका इन्चार्ज माधव रिजालका अनुसार उनीहरुलाई बस रिर्जव गरेर सुर्खेत पठाइएको हो । सुर्खेत र दैलेखका उनीहरुलाई कर्णाली प्रादेशीक अस्पतालको क्वारेन्टाइनमा राखिने छ । प्रहरी इन्चार्ज रिजालको बिशेष पहलमा उनीहरु दुई दिन पछि जमुनाह नाकाबाट उद्दार भएका हुन्। भारतबाट नेपाल आउँदै गरेका उनीहरु लकडाउनका कारण नाकामा अलपत्र परेका थिए ।

Discussion about this post