झापा चैत १३ गते । राप्रपा महामन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले बिरामीले अस्पताल चहार्दै हिडनु पर्ने र अकालमा ज्यान गुमाउन पर्ने अवस्था आएको बताएका छन् ।
महामन्त्री लिङदेनले सामाजीक संजाल फेसबुक वालमा बिरामीले अस्पताल चहार्दै हिड्नु परेकाले अकालमै ज्यान गुमाउनु परेको कुरा उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, कोरोनाविरूद्ध सिङ्गो देश जुधिरहेको बेला अधिकांश अस्पतालहरूले यो वा त्यो बहानामा दीर्घ रोगी र नयाँ बिरामीहरूको भर्ना नलिएका कारण बिरामीले अस्पताल चहार्दै हिंडनु पर्ने र अकालमा ज्यान गुमाउनु पर्ने अवस्था देखियो । सरकारको यसतर्फ पनि ध्यान पुगोस् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post