जावेद अन्सारी बाँके चैत १५ गते । नेपाल एयरलाइन्सको 9N_Aku जहाज नेपालगन्ज विमानस्थलमा रन वे बाहिर ल्यान्ड भएपछि विमानमा क्षति पुगेको छ। विमानमा क्षति पुगेपनि चालक दल सुरक्षित छन्। कोरोना भाइरस परिक्षणका लागि संकलित नमुना लिनका लागि नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज आइपुगेको थियो। चालक दलमा क्याप्टेन केबी लिम्बु र को पाइलटमा महेशराज पान्डे थिए। दुई जना चिकित्सक पनि थिए।
त्यस्तै एअरहोष्टेजमा किरण आचार्य थिइन् । नागरिक उडड्यन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार, उक्त विमानमा भेरी अस्पतालका डाक्टर सन्देशदेव र मेडिकल कलेजका डाक्टर प्रवेश पन्त थिए । धावन बाहिर ल्याण्ड भएको विमानलाई पार्किस्थलमा पुर्याउने तयारी भइरहेको ठाकुरले बताउनुभयो ।
Discussion about this post