धनगढी चैत १५ गते । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत ३४ बर्षीय युवकमा कोरोना संक्रमत भेटिएपछि उनका परिवारका सदस्यलाई आज अस्पताल लगिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ति युवकका परिवारका सदस्यलाई सेती प्रादेशिक अस्पतालमा लगिएको हो । कैलालीका डिएसपी दक्षकुमार बस्नेतका अनुसार संक्रमित व्यक्तिका परिवारका ८ जना सदस्यलाई एम्बुलेन्स मार्फत अस्पताल पुरयाइएको छ। उनीहरुको स्वास्थ्य अवस्था जाँच गर्दै परीक्षणका लागि नमूना संकलन गरिनेछ। उनीहरुलाई राती नै अस्पताल लैजाने तयारी भएपनि एम्बुलेन्स चालकहरुले सुरक्षा कवच नभएको भन्दै एम्बुलेन्स चलाउन नमानेका कारण आज मात्र लगिएको हो । यस्तै अस्पताल पुर्याउने व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी अहिलेसम्म पनि प्रहरीको सम्पर्कमा आएका छैनन् । सेती प्रादेशिक अस्पतालले कोरोनाको संक्रमण पुष्टि भएका युवकको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post