बाँके चैत १५ गते । समाजसेवी कृण्णजंग शाहले बिपन्न बर्गलाई खाद्यान्नका लागि ५१ हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ । कोराना भाइरस महामारी रोगबाट बच्नका लागि गरिएको लकडाउनको अवस्थामा छाक टार्न गाह्रो भएको बिपन्न परिवारलाई खाद्यान्नका लागि उहाँले सहयोग गर्ने घोषणा गर्नुभएको हो । उहाँले शनिबार आफ्नो फेसबुक वालमा लेख्दै पोष्ट गर्नुभएको छ, यस्तो अवस्थामा सबैले आ–आप्नो ठाउँबाट सहयोग गरौं । मैले मेरोतर्फबाट सानो सहयोगको घोषणा गरेको छु ।, नेपालमा लकडाउँनको आज छैटो दिनको अवस्थमा आइपुग्दा दैनिक काम गरेर खाने मानिसलाई जीवन निर्वाह गर्न गाह्रो भइरेको छ ।, सामाजसेवी शाहले बिभिन्न समयमा बिभिन्न समस्यामा परेकालाहरु सक्दो सहयोग गर्दै आउनुभएको छ । त्यस्तै उहाँले गत २०७२ सालको भूकम्प पिडितका लागि पनि सहयोग गर्नुभएको थियो । पिडितहरुका लागि स्थापना गरिएको कोभिड–१९ सहायता कोषमा दाताहरु बढ्दै गएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post