बाँके चैत १६ गते । बाँकेबाट कोरोना भाइरस कोभिड–१९ को आशंकामा अहिलेसम्म २३ जनाको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएको छ। त्यसमध्येमा ७ जनाको नेगेटिभ आएको छ । बाँकीको रिपोर्ट अझै आएको छैन् । हिंजोमात्र १० जनाको नमुना काठमाडौँ पठाइएको थियो। हिंजो पठाइएको नुमनामा पाँच जना कतार, दुई जना मलेसिया, एक जना दुबई र दुई जना भारतबाट आएकाहरुको नमुना रहेको छ। नेपाल एयरलाइन्सको विमानबाट नेपालगञ्ज लगायतका क्षेत्रबाट शंकास्पद व्यक्तिहरुको नमुना संकलन गरी पठाइएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत नरेश श्रेष्ठलेले जानकारी दिनुभयो । औषधि बोकेर नमुना लिन आएको नेपाल एयरलायन्सको विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेपछि अर्को विमान पठाइएको थियो।
नेपालगञ्जमा हालसम्म कोरोनाबाट संक्रमित कोही नदेखिए पनि धनगढीमा संक्रमित देखिएका व्यक्ति नेपालगञ्ज भएरै गएका थिए।विदेशबाट आएका व्यक्तिले जोखिम बढाएपछि जिल्लाका गाउँगाउँमा १४ दिनयता विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने प्रयासहरु भइरहेका छन्।गाउँगाउँमा स्वयंसेवक खटाएर त्यस्ता व्यक्तिलाई क्वारेन्टाइनमा पठाउने काम भइरहेको छ। कतिपय आफै क्वारेन्टाइनमा बस्न आएका छन्।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post