बाँके चैत १६ गते । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले अति बिपन्न ,गरीवको पहिचान गरी आजदेखि सामाग्री बितरण सुरू गरेको छ । तर संस्थाको शेयर सदस्यलाई मात्र वितरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन साबुन पानीले हात धुन घर भित्र बस्न आग्रह समेत आग्रह गरिएको छ ।
उक्त सामाग्री संस्थाका सचीव बदरुद्दुजा खान, प्रबन्धक अम्बिका काफ्ले, बजार प्रतिनिधि दिल माया सापकोटा, बजार व्यवस्थापक लक्ष्मी काफ्ले लगायतले गर्नुभएको हो । माता बाग़ेश्वरी सहकारी संस्थाले ७ हजार पाँच सय शेयर सदस्य मध्ये १ हजार पाँच सयल,गरीब मज़दूर सदस्यलाई आज देखी खाद्यान्न सामग्री बितरण समेत सुरु गरेको छ ।
Discussion about this post