रामेछाप चैत १८ गते । रामेछापमा जीप पल्टिदा २ जनाको मत्यु भएको छ भने अरु २८ जना घाइते भएका छन् । भक्तपूरबाट रामेछापको दोरम्बा जाँदै गरेको बोलेर जीप दुर्घटनामा परेको हो । भक्तपूरबाट इटाभट्टामा काम गर्ने मजदुर लिएर दोरम्बा जाँदै गरेको बोलेरो रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम स्थित माझीगाउँमा मंगलबार विहान दुर्घटना भएकोे थियो । दुर्घटना पछि ३० जना घाइतेलाई उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा दुई जनाको ज्यान गएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो । ज्यान जानेमा दोरम्बा गाउँपालिकाका गोपीलाल पहरी र संगिता पहरी रहेका छन् । ३३ जना सवार बा १४ च ९४९८ नम्बरका बोलेरो दुर्घटना पछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रमुख पाठकले भन्नुभयो– ‘सिट क्षमता भन्द बढी यात्रु बोकेको कारण दुर्घना भएको हुन सक्छ । एउटा बोलेरोले त्यति धेरै मानिस बोकेर आएको छ । जहाँबाट गाडीहरु छुट्छन, त्यहीबाट बढी यात्रु चढ्न नदिए यस्ता दुर्घटनाहरु कम हुने थिए । त्यस्तै यात्रुले पनि गाडीको क्षमता अनुसार मात्रै यात्रा गर्नुपर्छ ।’
Discussion about this post