चितवन चैत १८ गते । चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकूमा रहेको सरस फुड इन्डस्ट्रीमा आगोलागी हुँदा करिब डेढ करोड रुपैयाँ बराबरको क्षति भएको छ । द्यिुत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहीले प्रारम्भिक अनुमान गरेको छ । प्रत्यक्षदर्शीका अनुसार उद्योगमा बिहान करिब सवा ५ बजे आगलागी सुरु भएको थियो । भरतपुर महानगरपालिकाका दुईवटा, खैरहनी नगरपालिकाको एउटा, कावासोती नगरपालिकाको एउटा, रत्ननगर नगरपालिकाको एउटा र नेपाली सेनाको एउटा दमकलले हाल आगोलाई नियन्त्रणमा लिएका हुन् । आगलागी हुँदा उद्योगमा रहेका कच्चा पदार्थ तथा मेसिन जलेर नष्ट भएको उद्योगका सञ्चालक सुनील अग्रवालले जानकारी दिएका छन् । प्याकेजिङका लागि प्रयोग हुने प्लाष्टिकका प्याकेट भने स्थानीयले उद्योगबाट बाहिर निकालेका थिए । सरस फुड इन्डस्ट्रीले आँटा, फुरनदाना, दालमोठ, लगायतका खाद्यान्न उत्पादन गर्दै आएको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post