सुर्खेत चैत्र १९ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत नेपाल सरकारले चीनबाट खरिद गरेका सामग्रीहरु सोमबार सुर्खेतमा पुर्याएका छन् । नेपाली सेनाको स्काइट्रक बाट सोमबार बिहान ११ बजे स्वास्थ्य राज्यमन्त्री नवराज रावतले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई हस्तान्त्ररण गरेका हुन् ।
स्वास्थ्य मन्त्रालयलाई चीनबाट आएका सामग्रीहरु मध्य गाउन १ हजार, एन ९५ मास्क ४८० थान, आइआर थर्ममिटर १० थान, पञ्जा २० हजार थान र सर्जिकल मास्क १० हजार थान हस्तान्त्रण गरिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post