बाँके चैत २२ गते । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ मा रहेका भारतबाट आएका नेपालीहरुका लागी स्थापना गरिएको क्वारेन्टाइनमा बसेकाहरु आज घर फर्किएका छन ।वडा नम्बर ४ का १५ जना भारतबाट आएकाहरु क्वारेन्टाइनमा नेपाल सरकारले तोके बमोजिम समयसम्म बसेर आज फर्किएका वडाध्यक्ष तिलकविर सुनारले जानकारी दिए ।प्रदेश नम्बर ५ अन्तरर्गत रहेको कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रको छात्राबास भवन खजुरामा व्यवस्थापन गरिएको क्वारेन्टाइन बाट घर फिर्ता हुदै उनिहरुले कोरोना भाइरस विरुद्धको अभियानमा अभियान्ताको रुपमा काम गर्ने बताएका छन।
क्वारेन्टाइनमा बस्दा आफ्नै घरको जस्तो बातावरण भएकाले पनि सहजै रुपमा दिन कटेको खजुरा ४ का दुर्गा शाहिले बताए ।
आज क्वारेन्टाइन स्थल बाट विदाई गर्दे गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले गाउँ घरमा गएर पनि सेल्स क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गर्न अनुरोध गरे ।प्रमुख कक्षपतिले व्यवस्थित रुपमा क्वारेन्टाइन संचालन गरेकोमा वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्रका प्रमुख तथा कर्मचारीहरु, स्वास्थकर्मि, सुरक्षाकर्मि लगाएत सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए ।
Discussion about this post