बाँके चैत २३ गते । धनगढी शनिबार सुदूरपश्चिमका थप तीनजनाका कोरोना संक्रमण देखिएको छ। धनगढीका पहिलो संक्रमित युवाकी ३४ वर्षीय भाउजु, भारतको मुम्बईबाट फर्किएका कैलालीको लम्कीका २१ वर्षीय पुरुष र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। योसँगै सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ४ पुगेको छ। कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको खुलेको छ। उनीसँगै गौरीफन्टामा नाकामा रहेका ९ सय ९९ जनाले नेपाल आउन पाउनुपर्ने माग गर्दै प्रर्दशन गरेका थिए। त्यसपछि मन्त्रीपरिषद् बैठकको निर्णयपश्चात सीमामा रोकिएका २१ जिल्लाका ९ सय ९९ जनालाई प्रहरीले २१ वटा बसमार्फत गन्तव्य पठाएको थियो। र, तिनै भिडमा बाँकेका १६ जना पनि रहेको खुलेको छ । कंचनपुर प्रहरीले दिएको जानकारी अनुसार, बाँकेका १६ जना, बर्दियाका १३ र दांगका १० जना थिए । उनीहरुको क्वारेन्टाइनमा छन वा छैनन त्यसबारेमा अहिलेसम्म बाँके प्रहरी प्रशासनले कुनै जानकारी भने दिएको छैन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post