बाँके चैत २३ गते । नेपाल भुतपुर्व सैनिक बिकास समिति बाँकेले क्वारेन्टाइनमा बसेकालाई राहत उपलब्ध गराएको छ । समितिका अध्यक्ष भीमबहादुर रानाका अनुसार, जुमनाहमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेकाहरुको सहयोगार्थ समितिले राहत वितरण गरेको हो । आज नेपालगन्ज उपमहानगरपालिकामा आयोजित एक कार्यक्रमकाबीच समितिले उपमेयर उमा थापामगरलाई राहत हस्तान्तरण गरेको छ ।
समितिका अध्यक्ष भिम रानाले खाद्यान्न सहितको राहत सामाग्री प्रदान गरिएको जानकारी दिनुभयो । चामल, मसुरोको दाल, धाराको तेल, जिरा, खुर्सानी सहित खाजाका लागि १ हजार २ सय पिस रोटीसमेत प्रदान गरिएको समितिका अध्यक्ष रानाले बताउनुभयो। उपमेयर थापाले समितिलाई धन्यवाद दिंदै अरुलाई पनि सहयोगको अपिल गर्नुभएको छ ।
Discussion about this post