बाँके चैत २४ गते । कोहलपुर नगरपालिका वडा नं. ५ ले आज देखि वडामा रहेका गरिब, बिपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारहरुलाई राहात बितरण गरेको छ । वडा नं. ५ भित्र बसोबास गर्ने करिब २ सय २७ घर परिवारलाई प्रति परिवार १५ के.जि चामल, २ के.जि दाल र एक लिटर तेल बितरण गरिएको हो । यो राहात बितरणमा छुटेका परिवारहरुलाइृ पुन टोल टोलमा गएर उनीहरुको डाटा लिएर फेरी पनि राहतबितरण गर्ने योजना रहेको वडा अध्यक्ष बिष्णु तिवारीले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post