काठमाडौँ चैत २४ गते । सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्न सरकारका नाममा आदेश जारी गरेको छ । विभिन्न अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनिती गर्दै क्वारेन्टाइनमा राख्न आदेश गरेको छ ।
सर्वोच्चले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्वारेन्टाइन बनाउन पनि आदेश दिएको छ । अनि राहत वितरणमा पारदर्शी गर्न आदेश दिएको छ । दुर्गममा कोही संक्रमित भएमा र उपचार गर्नुपर्ने भएमा हेलिकप्टरको बन्दोबस्त गरेर समेत अस्पतालसम्म पुर्याउन आदेश दिएको हो । त्यस्तै सर्वोच्चले कोभिड १९ संक्रमितको आकस्मिक लगायतका सबै उपचार गर्न आदेश दिएको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post