बाँके चैत २६ गते । बाकेको खजुरा गाउँपालिकले कोरोना विरुद्धको अभियानका लागि खजुराका ८ वडाका स्वास्थ स्वयंसेबिका परिचालन गर्न लागेको छ । खजुरामा रहेका १०८ जना स्वयंसेबिकालाई भोलिदेखी परिचालन गर्न लागिएको खजुरा गाउँ पलिका प्रमुख किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो । त्यसको लागि आज वडा वडामा पुगेर उनीहरूलाई परामर्श दिइएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताउनु भयो । घर घरमा पुगेर उनीहरूले विवरण संकलन गर्नेछन् । सबै वडामा पुगेर उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृत केसी, स्वास्थ शाखा प्रमुख पूर्णबहादुर खड्का, नर्सिङ अधिकृत लक्ष्मी केसी ओलीले प्रशिक्षण दिनुभयो । भारत तथा बिदेशबाट आएका, क्वरेन्टाइनमा बसेका र खजुराका हरेक घरमा रहेका नागरिकको अवस्थाबारे विवरण संकलन गर्नेछन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post