बाँके चैत २६ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले वडाभित्र भाडामा बसोबास गर्ने अति विपन्न घर परिवारका लागि सहयोग सुरु गरेको छ । वडा अध्यक्ष दिपक वर्माको पहलमा उद्योगी ब्यवसायी तथा सामाजिक सघं संस्थाको सहयोगमा अति विपन्न परिवारलाई सहयोग सुरु गरिएको हो । भाडामा बस्ने अति विपन्न ठेला र रिक्सा तथा अटो चलाउने ब्यक्तिका परिवारलाई सहयोग सुरु गरिएको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले जानकारी दिनुभयो । प्रति परिवार १० किलो चामल, पिठो, दाल र आलु २÷२ किलो, एक पोका तेल र एक पोका नुन सहयोग गरिएको वडा अध्यक्ष वर्माले वताउनुभयो ।
वडा अध्यक्ष वर्माका अनुसार सिद्धवावा हार्डवेयरले ५५ हजार, उत्साह नेपालले ५३ हजार २२०, सगरमाथा बोडिङ स्कुले २२ हजार ३००, नेपाल ट्रेड च्यानलले १९ हजार, समाजसेवी नरेन्द्र वलीले १० हजार, थलवहादुर वलीले ७ हजार २००, समाजसेवी दिनेश थापाले ५० किलो चामल, १० किलो पिठो, एक पेटी चाउचाउ र १२ वटा साबुन सहयोग गर्नुभएको छ । यसैगरी सोनालिका टेक्टर्सका सविन घिमिरेले ३३ हजार ३०० रुपिया बराबर ३० घर परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको छ । यस्तै ब्यवसायी सर्जन श्रेष्ठले स्व. आमा मोहनदेवी श्रेष्ठको सम्झनामा १६ हजार रुपिया बराबरको खानेतेल सहयोग गर्नुभएको छ ।
Discussion about this post