वीरगंज चैत २८ गते । विशवब्यापि रुपले फैलिरहेको नोबोल कोरोना भाइरसको मध्य नजर गरि सरकारले लागू गरेको लकडाउनको कारणले ज्यालादारी गरि कमाई खाने र बिपन्न गरिबबर्गको परिवारको लागि वीरगंज महानगरपालिका को प्रत्येक वडामा आएको राहतलाई वडा अध्यक्षले राष्ट्रिय पार्टीका प्रतिनिधिहरुलाई बसाई सर्बदलिय बनाउनुपर्ने तर वडा अध्यक्ष सुखरानी देबि र उनका पति बिरेन्द्र यादबले आफु खिशि राजनिती नगर्ने ब्यक्तिहरुलाई पत्रकाटी बोलाई बादबिवाद गराउन खोजेकोले राष्ट्रिय पार्टीका प्रतिनिधिहरुले प्रेस बिज्ञ्पति जारि गरि घोर निन्दनीय रहेको जनाएको छ। वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौका वडा अध्यक्ष सुखरानी देवी यादब हुन्। वडा अध्यक्ष सुखरानी देबी भएपनि सो वडाको सबै कार्य उनका पतिले म आफै मुखिया हो भन्दै दादागिरी गरि पटकपटक बादविवाद गरिरहेको स्थानियहरुले बताएका छन्। वडा अध्यक्षले पतिको निर्देशन अनुसार आफ्नो पार्टीको मानिसहरु लाई बोलाइ सर्बदलिय बनाउन खोज्दा राष्ट्रिय पार्टीका प्रतिनिधिहरुले त्यसता बन्नै सर्बदलियलाई बहिष्कार गरेको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post