खोजखबर संवाददाता
बाँके साउन १० गते । बाँकेको बैजनाथ गाउँपालिका र बर्दियाको बारबर्दियाका बालबालिकालाई दुई दिने स्टिक्स एण्ड स्टोनस् तालिम सम्पन्न भएको छ । बालबालिकाको आफ्नै संरक्षणमा उनीहरुको संलग्नता प्रर्वद्धन गर्ने उद्देश्यले पालिका स्तरिय बालक्वल सञ्जालका पदाधिकारी तथा सदस्यहरुलाई तालिम दिइएको हो ।
बाँके युनेस्को क्लव नेपालगन्जको आयोजना, प्लान नेपालको सहयोग र बैजनाथ गाउँपालिकाको सहकार्यमा भएको तालिम समापनमा बोल्ने सहभागीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सुझाव दिएका थिए ।
बाँके युनेस्को क्लव नेपालगन्जका अध्यक्ष प्रवेज अली सिद्दिकीले बालबालिकाहरुले आफुजस्तै अरु बालबालिकाहरुलाई पनि बालअधिकार संरक्षणका बारेमा जानकारी गराउनुपर्ने बताउनुभयो । बैजनाथ गाउँपालिकाका ३५ र बारबर्दियामा २९ जनालाई तालीम दिएको अध्यक्ष सिद्दिकीले जानकारी दिनुभयो । बाँके युनस्कोले बालबालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
Discussion about this post