बाँके चैत २९ गते । नेपालगञ्ज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरले अनाथ असहाय बालबालिकालाई राहत उपलब्ध गराउनुभएकाे छ । शनिवार समाजिक विकास तथा प्रबद्दर्न केन्द्र बाँकेले संचालन गरेकाे अनाथ असहाय तथा सडक बालबालिका संरक्षण गृहमा पुगि साे राहत उपलब्ध गराउनुभएकाे हाे ।
नेपागंज उपमहानगरपालिका वडा नं.१ का वडा अध्यक्ष प्रमाेद रिजालकाे अनुराेधमा उप प्रमुख उमा थापा मगरले अाफ्नै ब्यक्तिगत लगानीमा करिव १२ हजार नगद बरावरकाे ७५ के जी मसिनाे चामल,१ पेटी सनफ्लावर तेल, २० के जी पिठाे,२० के जी अालु,१०के जी अरहर दाल,७ पाेका नून,१ प्याकेट धुलाे मसला, लगायत समाग्री उपलब्ध गराउनुभएकाे हाे । उक्त राहत समाग्री उपलब्ध गराउन उप प्रमुख उमा थापा मगर संगै वडा अध्यक्ष प्रमाेद रिजाल,वडा सदस्य जगमाेहन कांदू,समाजसेवी बालकृष्ण सुवेदी पुग्नुभएकाे हाे ।
Discussion about this post