बाँके चैत्र २९ गते । पत्रकारलाई राहतको व्यवस्था गर्न महासंघ ५ नं प्रदेश कमिटिले माग गरेको छ । कोरोना भाइरसका कारण समस्यामा रहेका पत्रकारहरुलाई राहतको ब्यवस्थापन गर्न माग गरीयको हो । शुक्रवार एक अपिल जारी गर्दै १८ दिनदेखिको लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या देखिएका पत्रकारहरुलाई राहतको व्यवस्थापन गर्न महासंघले प्रदेश सरकारसँग माग गरेको हो । महासंघका महासचिव भेषराज बस्नेतद्धारा हस्ताक्षरित अपिलमा विश्वब्यापी रुपमा फैलदै गएको महामारीका बारेमा जनतालाई सुसूचित गराउन पत्रकारले महत्त्वपूर्ण भुमिका खेलेको भन्दै धन्यवाद व्यक्त गरिएको छ । साथै सम्पूर्ण सञ्चारकर्मीहरुलाई सत्य तथ्यमा आधारित समाचार प्रकाशन प्रसारण गर्न समेत आह्वान गरिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post