सरला सुबेदी बाँके चैत्र ३० गते । काठमाण्डौं र पोखरामा ज्याला मजदुरी गर्न गएका बर्दियाको बासगढी र बारबर्दिया नगरपालिकाका १६ जनालाई कोहलपुरका समाजसेवी तथा उद्योगी व्यवसायीहरुका अगुवा नेता विष्णु खनालको टिमले काठमाण्डौं र पोखरामाबाट पैदल आएका १६ जनालाई उद्धार गरि बर्दिया पठाएका छ्न। पोखराबाट आएका ६ जना र काठमाण्डौबाट आएका ११ जनाको उद्धार भएको हो ।
एक महिला सहित पैदल ७ दिनमा आईतवार विहान कोहलपुर आएका उनिहरुलाई खाजाका रुपमा पानी,बिष्कुट र फ्रुटी खुवाएर गाडीमा पठाएका हुन् ।लकडाउनको कारण एक जिल्ला बाट अर्को जिल्ला जान निषेधित गरिएकोले बाँकेको सिमाना मानखोला सम्म पुर्याईएको उनले बताए ।
बर्दियाको मानखोलाबाट सम्वन्धीत स्थानीय तहका प्रमुखहरुलाई उनिहरुलाई घर सम्म पुर्याई दिन आग्रह गरेको र बर्दियाका सम्बधित स्थानीय तहका प्रमुखहरुले मानखोलाबाट बुझेर लैजाने प्रतिबद्धता जनाएको उनले बताए ।
Discussion about this post