खोजखबर संवाददाता
बाँके साउन १० गते । नेपालगञ्ज उपमहानगरपालिकाको फुटपाथ अतिक्रमण हटाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बाँके, जिल्ला प्रहरी र नेपालगञ्ज उपमहानगरपालिकाको संयुक्त पहलमा शुक्रबारदेखि सुरु गरिएको हो ।
सुर्खेतरोडको कारकाँदो चोकदेखि बीपि चोकसम्म बाटोको दुबैतिर फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारीक उद्देश्यका सामाग्री हटाउन सुरु गरेको हो ।
अटेर गरेर नहटाउनेको सामान सो टोलिले नियन्त्रणमा लिएको छ । सुर्खेतरोडमा बाटो हिड्ने बटुवाले हिड्नको लागि असहज भएको तथा सवारी दुर्घटनाको जोखिम बढेको जन गुनासो आई रहेको बेलामा यो संयुक्त अभियान सुरु गरिएको जिल्ला ट्राफिक ईन्चार्ज समेत रहेका ट्राफिक प्रहरी निरिक्षक पबिन्द्रबहादुर बमले जानकारी दिनुभयो ।
उनले सडकमा अब्यवस्थित तरिकाले पार्किङ्ग गरेको मोटरसाईकल र फुटपाथमा व्यापारिक प्रयोजनको लागि राखिएको सामान नियन्त्रणमा लिएर नेपालगञ्ज उपमहानगरपालिकामा बुझाएको बताए ।
Discussion about this post