बाँके चैत ३० गते । कोरोना भाईरस को संक्रमण बिश्व भरीनै फैलि रहेको बेला हजारौं मानिसहरु अहिले क्वारेन्टाइनमा बसी रहेका छन । उनिहरुलाई खाना खाउने स्वास्थ्य जाँच लगायतको काममा सरकार लगायत बिभिन्न निकाए हरुले हेरी रहेका छन यसै अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले आफ्नो तलब क्वारेन्टाइनमा खर्च गर्ने भएका छन । नेपालगन्जका बिभिन्न क्वारेन्टाईनमा बसेको नेपालीहरु लाई खाना खुवाउन राणाले ब्यक्तिगत रुपमा ५० हजार रुपैया सहयोग गरेका हुन ।
नेपाल मानव धर्म सेवा समिति र नेपाल शिव सेनालाई मेयर राणाले उक्त रकम हस्तान्तरण गरेका हुन । विगतदेखी नै आफ्नो तलब भत्ता बराबरको रकम बिभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका मेयर डा. राणाले क्वारेन्टाईनमा बसेका नेपालीहरुलाई खाना खुवाउने उद्धेश्यले रकम उपलब्ध गराएका हुन ।
नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस र दशगजामा टेन्ट टाँगेर बनाइएको क्वारेन्टाइनमा दुई सय हाराहारीमा मानिस बसेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post