सुर्खेत बैशाख १ गते । सुर्खेतको जिल्लाको चौकुने गाउँपालिकाको कोरोना राहत कोषमा इसाई समाज सुर्खेतले २५ हजार रुपैयाँ सहयोग गरेको छ । सोमबार गाउँपालिकाको कार्यालयमा इसाई समाजका पाष्टरले गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई सहयोग रकम हस्तान्तरण गरेका हुन ।
चौकुनेमा कोरोनाका कारण लकडाउन गरेपछि प्रभावितका लागि राहत वितरण गर्न गाउँपालिकाले लक्ष्मी बैंकमा कोरोना राहत कोष खाता खोलेको छ । यसअघि कोषमा चौकुनेका युवा लालमणि धमालाले १० हजार रुपैयाँ सहयोग गरेका थिए । अध्यक्ष शाहीले कोरोना प्रभावितलाई चाँडै राहत वितरण गरिने भएकाले कोषलाई सहयोग गर्न आह्वान गरेका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post