बैशाख १ गते । सुदूरपश्चिम प्रदेशमा भारत तथा तेस्रो मुलुकबाट आएर सिधै घर बस्नेको संख्या क्वारेन्टिनमा बस्नेको भन्दा निकै धेरै छ । भारतबाटमात्रै सुदूरपश्चिमका विभिन्न नाका भएर डेढ लाख मानिस भित्रिएका छन् । तिमध्ये १ लाख ३१ हजार मानिसहरु सुदूरपश्चिमकै भएको तथ्यांक छ । उनीहरु सबै क्वारेन्टिनमा बस्नु पर्ने हो । तर क्वारेन्टिनमा बस्नेको संख्या २० हजार पुगेको छैन् । उनीहरुमध्ये अहिलेसम्म ५ हजारको समेत नमूना परीक्षण हुन सकेको छैन्। धनगढीका दुईवटा ठाउँमा संघीय सरकारले स्थापना गरेको प्रयोगशालामा संकलन गरेको नमूनामध्ये अहिलेसम्म ५ सय ७६ जनाको रिपोर्ट आएको सेती प्रादेशीक अस्पतालका प्रवक्त डाक्टर जगदीश जोशीले जानकारी दिनुभयो । त्यसमा ५ जनामा कोरोना देखिएको छ । ति प्रयोगशालाबाट २ हजार ३ सय ९१ जनाको नमूना परीक्षण गरिएको थियो । अन्यको रिपोर्ट आउन बाँकी छ। त्यस्तै सरकारले सुदूरपश्चिमका ९ जिल्लामा र्यापिड टेस्टबाट अहिलेसम्म २ हजार ३ सय ९ जनाको नमूना संकलन गरेको छ । प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले केन्द्र सरकारले १० हजार मात्रै र्यापिड टेस्ट किट पठाएको बताउनुभयो । भौगोलिक विकटताका कारण विदेशबाट आएकाहरुको निगरानी समेत फितलो भएको स्विकार गर्दै मन्त्री सुवेदीले नमूना परीक्षणको दायरा बढाउने गरी प्रदेश सरकार लागि परेको दावी गर्नुभयो । नमूना परीक्षण पनि सदरमुकामका क्वारेन्टिनमा बसेकाहरुको मात्र भइरहेको छ । स्वास्थ्यकर्मीहरु भन्छन् नमूना परीक्षणको दायरा नबढाइदा गाउँमा कोरोनाको उच्च जोखिम देखिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post