बाँके बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) राप्तिसोनारी गाउँ पालिका पाटि सदस्य तथा राष्ट्रिय युवा संघका नेता शेर बहादुर खडका “सुजल” ले सरकारले गरेको लकडाउनको कारणले अलपत्र परेका मजदुरहरुलाई यथास्थानमा उनिहरुको ब्यबस्थापन गर्न सरकारलाई माग गरेका छन ।
युवा नेता खड्काले बिश्व अहिले कोरोना भाईरस ( Covid 19 ) ले महामारीको रुप लिएको अबस्थामा सरकारले गरेको लकडाउन स्वागतयोग्य निर्णय भएको बताउछन ।उनले हामी सबैले सरकारले गरेको लकडाउनको पालना गरेर सरकरलाई सहयोग गर्नु पर्ने बताए । कुनै पाटिले गरेको बन्द जस्तै चार बजे पछि बाहिर निस्कने भिडभाड गर्ने भएकाले हामी आफैले जोखिम मोलिरहेका छौ त्यसैले उनले सबैलाई लकडाउनको पुर्ण पालना गर्न अनुरोध समेत गरेका छन् ।
उनले मजदुर गर्ने शिलशिलामा मजदुरहरु आफ्नो जिल्ला छोडेर विभिन्न जिल्ला गएका हुदा उनिहरुलाई त्यस ठाउँमा सरकारले खाना र बस्न लगायत सम्पुर्ण ब्यबस्थापन गरिदिए उनिहरु अहिले बाटोमा पैदल हिडर आफ्नो घरमा आउनलाई बाध्यता हुदैन थियो होला त्यसैले उनिले यस किसिमको समस्या केन्द्रिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकारलाई संबेदनसिल भएर ध्यान दिन माग गरेका छन।
Discussion about this post