बुटवल बैशाख ३ गते । रुपन्देहीको सैनामैना नगरपालिकाले मजदुर परिवारलाई राहत वितरण गरेको छ । लकडाउनका कारण काम गर्न नपाएपछि छाक टार्न समस्या भएका दुई हजार ज्यालादारी मजदुर र विपन्न परिवारलाई स्वरुप खाद्यान्न बाँडेको हो।
यसअघि पहिलो चरणमा दुई हजार परिवारलाई खाद्यान्न बाँडेको सैनामैनालले दोस्रो चरणमा पनि करिब दुई हजार परिवारलाई खाद्यान्न बाँडेको छ ।
परिवारको संख्याका आधारमा एक हजार ९३३ विपन्न परिवारलाई कम्तिमा दश दिनलाई पुग्ने खाद्यान्न बांडिएको नगर प्रमुख चित्रबहादुर कार्कीले बताए । ‘दैनिक ज्यालादारीबाट गुजारा गर्दै आएका र पहिलो चरणमा राहत वितरण गर्दा छुटेका करिब दुई हजार परिवारलाई दश दिन खान पुग्ने खाद्यान्न बाँडिएको हो,’ कार्कीले भने ।
२५ हजार ४३१ केजी चामल, एक हजार ९३३ केजी दाल, एक हजार ९३३ केजी नुन, एक हजार ९३३ केजी चिउरा, एक हजार ९३३ लिटर खाने तेल र एक हजार ९३३ वटा हात धुने साबुन दोस्रो चरणमा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।
यसअघि दुई हजार आठ परिवारलाई पहिलो चरणमा १४ सय ६२ केजी चामल, दुई हजार आठ केजीे दाल, दुई हजार ८ केजी नुन, दुई हजार ८ केजी चिउरा, दुई हजार ८ लिटर खाने तेल र दुई हजार ८ वटा हात धुने साबुन वितरण गरिएको पन्थीले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post