बाँके बैशाख ४ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित नेपाल भारत सिमानाको दशगजा क्षेत्रको क्वारेन्टाइनमा बस्दै आएका १ सय ८१ जनाको कोरोना भाइरसको रिपोर्ट ‘नेगेटिभ’ आएउनीहरुलाई आज घर पठाइने भएको छ। ११ जनाको यस अघि नै पिसिआर बिधिद्वारा ‘स्वाब’ परिक्षण गरिएको थियो, ती सबैको रिपोर्ट ‘नेगेटिभ’ आइसकेको थियो ।
आज बाँकि रहेका १ सय ७० जनाको आरडिटी बिधिद्वारा ‘र्यापिड जाँच’ गरिएको र ती सबैको रिपोर्ट पनि नेगेटिभ आएपछि उनीहरुलाई घर पठाउन लागिएको नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले जानकारी दिनुभयो । भारतका विभिन्न ठाउँबाट रोजगारी गरि फर्किएका उनिहरुलाई गाडीको प्रबन्ध गरि आ आफ्नो गृह जिल्ला तर्फ पठाउने तैयारी भइरहेको उहाँको भनाइ छ ।
Discussion about this post