सुर्खेत बैशाख ४ गते । भारतबाट आएका सुर्खेतको चौकुने गाउँपालिकाका १ सय ९४ जनाको र्यापिड टेस्ट रिर्पोट नेगेटिभ आएको छ । गाउँपालिकाले बिहीबार घाटगाउँ, गुटु र बिजौरामा गरेको र्यापिड टेस्टमा सबैको रिर्पोट नेगेटिभ आएको अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।
चैत १ गतेदेखि १५ गतेसम्म चौकुनेमा भित्रिएका ४ सय २१ जनामध्ये १ सय ९४ जनाको र्यापिड टेस्ट गरिएको हो । गाउँपालिकाको वडा नं. ६, ७ र ८ को गुटुमा ८६ जनाको, वडा नं. ९ र १० घाटगाउँमा ६३ जना र बिजौरामा ४५ जनाको र्यापिड टेस्ट परीक्षण गरिएको अध्यक्ष शाहीले बताए ।बिहीबार एकैदिन गुटु, घाटगाउँ र बिजौरामा गरिएको परीक्षणको रिर्पोट नेगेटिभ आएपछि आत्तिनुपर्ने अवस्था नभएको पनि अध्यक्ष शाहीको भनाई छ । यसअघि १४ जनाको जीवन ज्योती क्वारेन्टाइनमै परीक्षण गरिएको थियो ।
उनीहरु सबैको रिर्पोट पनि नेगेटिभ आएपछि घर पठाइसकिएको छ ।
थप अरु ७ जनाको स्वाब संकलन गरिएको पनि गाउँपालिकाले जनाएको छ । अब लगाम र बेतानमा पनि र्यापिड टेस्ट गरिनेछ ।
Discussion about this post