काठमाडौँ बैशाख ५ गते । गत बुधबार साझ बसन्तपुर क्षेत्रमा नेपाल प्रहरीले ड्युटीमा रहेका अनुसन्धानका प्रहरीलाई समेत कुटेको छ। जनसेवा वृत्त न्युरोडको टोलीले एक जना अनुसन्धान सहायक (असई) लाई कुटपिट गरेको हो।
राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीका अनुसार बज्रचार्यलाई २ घन्टासम्म नियन्त्रणमा लिएर छोडिएको हो ।
वृत्तका प्रमुखले बज्रचार्यलाई मुद्दासम्म चलाउने चेतावनी दिएका थिए। आफ्ना कर्मचारी यस्तो बेलामा कसरी सडकमा काम गरिरहेका छन् भनेर कुनै चासो नदेखाएको राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीले बताए।
वृत्तका डिएसपी सुनिलजंग शाहले भने मास्क नलगाएकाले प्रहरीले दुई घन्टा राखेर सम्झाएको तर कुटपिट नगरेको बताए। प्रहरीको टोलीले बुधबार त्रिवि शिक्षण अस्पतालका चिकित्सकलाई कुटेका थिए भने बिहीबार कलंकीमा इन्स्पेक्टरको टोलीले औषधि किनेर आएकाहरूलाई कुटेका थिए।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post