बर्दिया बैशाख ६ गते । नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाले क्वारेन्टका लागि आवश्यक सामाग्री उपलव्ध गराएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि आवश्यक पर्ने तन्ना १ सय ७५ थान, झुल १ सय ७५ थान, पानी खाने मग १ सय ७५ थान, बाल्टी १ सय थान, जग ७५ थान, गिलास ५० र कचौरा ३८ थान उपलब्ध गराएको नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा उपशाखाका सभापति यज्ञ नेपालले जानकारी दिए । मजदुरीका लागि जिल्ला बाहिर गएका मजदुरहरु घर फर्कने क्रम बढेसँगै यहाँ क्वारेन्टाइनको संख्या पनि बढाइएको छ । यसअघि ठाकुरबाबा नगरमा एउटा मात्र क्वारेन्टाइन स्थापना गरिएको थियो । बाहिरबाट आउने व्यक्तिको संख्या बढेसँगै ठाकुरबाबा नगरपालिकामा थप ३ वटा क्वारेन्टाइन स्थापना गरिएको छ ।
हाल ठाकुरबाबा नगरपालिका क्षेत्रमा त्रिभुवन मावि भुरिगाउँ, जगदम्बा मावि मढेला, चूरे मावि बगनाहा र जनज्योती मावि बकुवामा क्वारेन्टाइन स्थापना गरिएको छ । सबै क्वारेन्टाइनमा ५० वटा वेडको व्यवस्था गरिएको ठाकुरबाबा उपशाखाका सभापति यज्ञ नेपालले बताए ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले लकडाउनको बेला ज्याला मजदुरी गरेर घर फर्केका सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post