काठमाडौं बैशाख ७ गते । जिल्ला प्रशासन कार्यालयले व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ । उनी ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका थिए ।
कालोबजारी गरेको कसूरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र त्यसपछि ५ दिन अनुमति दिएको थियो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अनुसन्धान नगकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि प्रशासन कार्यालयले थप दिनको अनुमति दिएको हो ।
५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न लागेको भन्दै प्रहरीले काठमाडौंका नक्शालबाट अग्रवाललाई पक्राउ गरेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post