रामेछाप बैशाख १० गते । रामेछापको मन्थली नगरपालिका–६ कुनौरीमा यात्रुबाहक बस दुर्घटना हुदा २८ जना छाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको तामाकोसी अस्पताल रामेछापले जानकारी दिएको छ । गम्भीर घाइते दुई जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको तामाकोसी अस्पतालका डा. केशब धामीले जानकारी दिए । लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका यात्रु लिएर दोलखाको जफे जादै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको कुनौरीमा दुर्घटना भएको हो । मोडमा बस घुमाउने क्रममा सडकमै पल्टिएको थियो । ३९ जना यात्रु बोकेर आएको सो बस कुनै पनि यातायात कम्पनीमा दर्ता नरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post