बाँके बैशाख १० गते । नेपालगन्जको लाइफकेयर सर्जिकललाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले इन्फारेट थर्ममिटर बढी मूल्यमा बिक्री गरेको आरोपमा लाइफकेयरलाई जरिमाना गरेको बाँकेका सिडिओ कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।
६ हजारमा किनेको थर्ममिटर लाइफकेयरले १० हजारमा बिक्री गरेको पाइएको छ । खरिद मूल्यभन्दा अधिकतम २० प्रतिशत नाफा लिएर बिक्री गर्न पाइने भएपनि लाइफकेयर ६६ प्रतिशतसम्म मुनाफा लिएर बिक्री गरेको पाइएपछि कारवाही गरिएको सिडिओ खड्काले बताउनुभयो ।
यसअघि अनुगमन समितिले कालो बजारी गरेको भन्दै हिल्स मेडि सप्लार्यसलाई दुई लाख र कमला मेडिसियनलाई ५० हजार रुपैयाँ जरिमाना गरेको थियो ।
Discussion about this post