सरला सुबेदी बाँके बैशाख ११ गते । वैशाख कृष्णपक्ष औँसीका दिन मनाइने मातातिर्थ औशी अर्थात आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमा र कर्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पार्ने दिन । साच्ची आमा यो दिन नजिकिदै गर्दा मनमा छुट्टै आनन्द आउछ ।
यसको मतलब आज मात्र सम्झने अनि आज मात्र खुशी पारेर अरु दिन आमालाई रुवाउनु पर्छ भन्ने पक्कै होइन । हामिले आमालाई हरेक पल माया र सम्मान गर्छौ, अनि हरेक दिन हर प्रयत्न गर्छौ आमालाई खुशी राख्न तर आजको दिन अझ विशेष दिन बर्षभरिमा कहिले काही आमाको मन दुखाएको भए आजको दिनमा त आमाले पक्कै हामिलाई माफी दिनुहुन्छ अनि खुशी हुनुहुन्छ भन्दै हामी आमालाई अझ बढि श्रद्धाको साथ यो दिन अनि ममताकि खानी आफ्नी लाई विशेष सम्झौन्छौ ।
बिहे गरेर गएका छोरिचेलि सधै आमाको आखा अघि नहुन सक्छन् त्यसैले आजको दिन उनिहरु आमालाई भेट्न आफ्नो माइती आउने गर्छ्न आमासङ्ग दुखसुख साट्ने अनि आमाका दुख सुख सुन्ने गर्छ्न त्यसैले यो विशेष छ हाम्रो लागी ।तर यसपाली बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको कारण देश पुर्ण रुपमा लकडाउन भएको छ कत्तिले त आमालाई भेट्न नपाएको मा दुखी भएर बस्नु भएको नि होला तर मन मा बसेकी आमालाई नजिक बाट हेर्न नपाएपनी फोन म्यासेज फेसबुक म्यासेन्जर बाट घर मै बसी हेर्न पाउनु हुनेछ यि सबै बाट टाडा भएका छोराछोरीले मनमै फोटो राखी सम्झनु हुनेछ किनकी यसबर्ष यस्तै छ कोरोनाको कहर ले हाम्रो आमाको मुख हेर्ने रहर छिन्न बिन्न बनाइदिएको छ ।
कतिले त माइत जान आजैको दिन पर्खेर बस्नु भएको होला होइन ।आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा मातातिर्थ औशी अर्थात आमाको मुखहेर्ने दिन पर्वका रुपमा लिइन्छ त्यसैले आमाको नजिक जान मन लाग्छ ताकी आमाको सेवा गरे आमालाई खुसी राख्न सके मरेपछी स्वर्ग पक्कै गैइन्छ भन्ने पनि लाग्छ ।
सबै आमाका सबै छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा राम्रा लुगा लगाउने र मीठा मीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा लिइन्छ । यसो गरेमा मातृ ऋणबाट मुक्त भइने जनविश्वास छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्डसहित श्राद्ध तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् । शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ ।
पितृ ऋण तिर्न मातापितालाई जीवित हुँदा सम्मानपूर्वक खुशी राख्ने मृत्युपश्चात् श्रद्धापूर्वक श्राद्ध गर्नुपर्ने शास्त्रीय विधान छ । आमा नहुने नरनारी आज बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्दछन् । आमा बित्नेले सके प्रत्येक वर्ष, नसके एकपटक मातातीर्थमा श्राद्ध गर्नुपर्नेछ ।
आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकमा यसरी वर्णन गरिएको छ, “मातृदेवो भव, ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’साच्चै भन्ने हो भने आमा शब्द ले नै मनमा शान्ती मिल्छ आमा भन्दा ठुलो कोहि छैन संसारमा…. साच्ची नौ महिना कोखमा राखेर दशधारा दुध खुवाएर हामिलाई हुर्काएकि हुन्छिन आमाले त्यसैले आमा भन्दा ठुलो कोहि हुदैन ।
Discussion about this post