बाँके बैशाख १३ गते । सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार १५ रुपैयाँ तोकेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले मूल्य तोकेको हो । सरकारले उखु, धान, लगायतका बालीमा समर्थन मूल्य तोक्दै आएको छ ।
यसअघि गएको आर्थिक बर्षमा सरकारले गहुँको न्यूनतम मूल्य प्रति क्विन्टल २ हजार ५७१ रुपैयाँ तोकेको थियो । त्यसयता मूल्य निर्धारण भएको थिएन । गहुँ बाली उठाउने समयमा सरकारले मूल्य निर्धारण गरेकाले अब नेपाली किसानले उत्पादन गरेको गहुँ भण्डारणमा यसले सहयोग पुग्ने सरकारको दाबी छ ।
Discussion about this post