काठमाडौं बैशाख १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्युत गर्ने विषयमा नेकपाका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष बामदेव गौतम र बरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भइरहेको नेताहरुले बताएका छन ।
सोमबार प्रधानमन्त्री ओली र अर्का बरिष्ठ नेता माधव नेपालबीच गम्भिर छलफल भइरहेका बेला प्रचण्डसँग पनि नेताहरुको भेटघाट छ । ओलीले दल फुटाउने अध्यादेश ल्याएर पनि फिर्ता लिएपछि नेकपा राजनीति तातेको छ ।
Discussion about this post