काठमाडौ बैशाख १६ गते । नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालसँग ठोस वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यदल बनाएको हल्ला गलत रहेको नेता भीम रावलले खुलासा गरेका छन । माधव नेपाल पक्षका प्रभावशाली नेता रावलले ओलीले नेपालसँग ठोस वार्ता गर्न चाँसो नदिएको दाबी गरेको छन ।
नेकपाका स्थायी कमीटि सदस्य रावलले ओलीसँग यसअघि नै बैठक बोलाउन माग गरेका छन । रावल लगायतका नेताहरुको माग प्रचण्ड र माधव नेपालले ओलीसमक्ष पुर्याएका पनि हुन । तर अहिलेसम्म पनि ओलीले न सचिवालय बैठक डाकेका छन । न त स्थायी कमीटि बैठक बोलाउने भनेका छन ।
आइतबार र सोमबार लगातार बसेका वार्ता पनि निष्कर्ष्विहिन बनेपछि नेकपामा ओली, प्रचण्ड र माधव नेपालबीचको राजनीतिक रस्साकस्सी कठिन मोडमा पुगेको छ । यसअघि प्रचण्डसँग मिलेका ओली अहिले दुबै नेतासँग टाढिएका छन । प्रचण्ड र माधव नेपाल मिलेर ओलीलाई यसपटक राम्रैसँग सबक सिकाउने र त्यो पनि नमाने प्रधानमन्त्री पदबाट हटाउने भित्री योजना सफल पार्न सक्रिय छन ।
Discussion about this post