काठमाडौ बैशाख १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालबीचको छलफल सकारात्मक भएपछि आज मंगलबार नेकपाको सचिवालय बैठक बोलाइएको छ ।
तर अनौपचारिक रुपमा तय भएको बैठकको अहिलेसम्म समय निश्चित छैन । समय निश्चित नभएका कारण आज पनि सचिवालय बैठक बस्ने नबस्ने पक्का छैन ।
प्रधानमन्त्री ओली र नेता नेपालबीच आज पनि ठोस वार्ता हुन सक्ने भएकाले त्यसबाट आउने निष्कर्षका आधारमा बैठक बस्ने नेकपाका नेताहरुले बताएका छन ।
तर हिजोको वार्ता सकारात्मक भएकाले आज सचिवालय बैठक बस्ने नेताहरुको भनाई छ । प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धिको अध्यादेश ल्याएर फिर्ता गरेपनि यसले नेकपाभित्र भने तिब्र राजनीतिक धुब्रीकरण ल्याएको छ ।
Discussion about this post