सुर्खेत बैशाख १६ गते । चौकुने गाउँपालिकाले काठमाडौँ लगायतका विभिन्न शहरबाट उद्धार गरिएकालाई क्वारेन्टाइनमा राखेको छ । तीन दिनअघि काठमाडौँ लगायतका शहरबाट उद्धार गरेका १ सय ६९ जनालाई विभिन्न क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ ।काठमाडौबाट तीनवटा बसमार्फत उनीहरुको उद्धार गरिएको थियो ।
उद्धार गरिएकालाई जीवनज्योती स्कुल, शिशु शिक्षा आवासीय विद्यालय, जनजागृत मावि क्वारेन्टाइनमा रािखएको छ । यसबीचमा सुर्खेतको बबई र कुइनेबाट उद्धार गरिएका ४७ जनालाई पनि क्वारेन्टाइनमा राखिएको अध्यक्ष धीरबहादुर शाहीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकाले अहिलेसम्म ३ सय १३ जनाको स्वास्थ्य परीक्षण गरिएको पनि जनाएको छ । तीमध्ये २२ जनाको स्वाब संकलनमार्फत परीक्षण, २ सय ९१ जनाको र्या्पिड टेस्ट गरिएको हो । अहिलेसम्म स्वास्थ्य परीक्षण गरिएकाको रिर्पोट नेगेटिभ आएको र क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य अवस्था पनि सामान्य रहेको गाउँपालिकाले जनाएको छ ।
Discussion about this post