बाँके बैशाख १७ गते । भेरी अस्पताल नेपालगन्जमा बुधवार एकैदिन ४९ जनाको स्याम्पल संकलन भएको छ । मस्जिदमा रहेका एक दर्जनसहित ४९ जनाको स्याम्पल संकलन गरिएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ ।
मंगलवार मस्जिदका १० जनाको स्याम्पल संकलन गरिएको थियो । नेपालगन्जको भेरी अस्पतालमा ल्याव सन्चालनमा आइसकेपछि अहिलेसम्म ९० जनाको रिपोर्ट आइसकेको छ ।
तिसबैको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जका कोरोना फोकल पर्सन डा.संकेत रिसालले जानकारी दिनुभयो । भेरी अस्पताल नेपालगञ्जमा आइतबारदेखि कोरोना सङ्क्रमणको पीसीआर) परीक्षण सुरु भएको छ ।
भेरी अस्पतालमा गत आइतबारदेखि पीसीआर जाँच सुरु भएको थियो । तीन सिफ्टमा दैनिक एकसय जना सम्मको स्वाब परीक्षण गर्न सकिने भएपनि अहिलेसम्म दैनिक ४९ जनाको स्वाँव मात्र संकलन भएको छ।
प्रदेश सरकारको आर्थिक सहयोगमा भेरी अस्पतालमा पीसीआर मेसिन जडान भएको थियो । भेरी अस्पतालको ल्यावले बाँके, बर्दिया र सुर्खेतका कोरोना शंकास्पद विरामीको स्वाँव परीक्षण गर्दै आएको छ ।
Discussion about this post