तस्बिर मोहम्मद निहाल अख्तर (आर जी बि निहाल )
बाँके बैशाख १७ गते । बाँके प्रहरीले लकडाउनलाई कडाइ गरेको छ । लकडाउन उल्लंघन गर्ने ५० जना बढीलाई आज ठाउँको ठाउँ कारवाही गरिएको बाँकेका एसपी वीरबहादुर अोलीले जानकारी दिनुभयो । लकडाउन उल्लंघन गरी हिड्नेलाई सुर्खेत रोडमै बसाएर प्रहरीले सचेत बनाएर छाडेको छ। बाँकेमा लकडाउन फितलो बनेको चौतर्फी गुनासोपछि बाँके प्रहरी हर्कतमा आएको हो । बाँके प्रहरीका अनुसार, लकडाउन उल्लंघन गरी हिड्नेहरुलाई कारवाही गर्न प्रहरीको टोली नै बनाएर परिचालन गरिएको छ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post