बाँके बैशाख १८ गते ।बाँकेको जानकी गाउँपालिकाको नहरचोकदेखि साहदतपुर जोड्ने सडकको बुधवार एक कार्यक्रम बिच शिलान्यास गरिएको छ । शिलान्यास गाउँ पालिकाका अध्यक्ष रामनिवास यादवले गरेका थिए ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि जारी गरिएको लकडाउनको कारण विकासका काम प्रभावित भएका थिए तर अहिले काम प्रभावित हुन नदिन काम रोकिएका कामहरू सुचारु गरिएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले बताएका छन् ।
निर्माण कार्य एक वर्षभित्र सम्पन्न गर्नेगरी भैरवनारायण जेवीले ठेक्का पाएको उनले बताए । गाउँपालिकाको डेढ करोड र प्रदेश सरकारको डेढ करोड गरी तीन करोड लगानीमा सडक निर्माण सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिएका छन् ।
कुल दुई किलोमिटर लम्वाई रहेको सडकको चार मिटर चौडाई रहने र त्यसमध्ये पौने ४ मिटर कालोपत्रे गरिने प्राविधिक प्रमुख निसार अहमद दर्जीले जानकरी गराएका छन् ।
Discussion about this post