बाँके बैशाख १८ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ ले आजदेखि आफ्नो वडामा सेनिटाइज गर्न सुरु गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि ओडाले आफ्नो क्षेत्रमा सेनिटाइज गर्न सुरु गरेको हो ।
ओडाको कुना कुनामा सेनिटाइज गर्ने काम भइरहेको छ । यस्तै राहत बितरणलाई समेत ओडाले तीब्रता दिएको छ । पहिलो चरणमा राहत बितरणको काम सम्पन्न गरेको ओडाले दोस्रो चरणमा ओडामा सरसफाईलाई प्राथमिकता दिएको अध्यक्ष सुरेन्द्र वैश्य गुप्ताले बताउनु भयो ।
उहाँले राहत बितरणमा पक्षपात नगरिएको दाबी गर्नु भयो । ओडामा बस्ने कुनैपनी नागरिक भोकै बस्न नपर्ने उहाँको दाबी छ । बरु म आफै भोकै बसुला तर मेरो ओडामा बस्ने कुनै पनि नागरिक भोकै बस्न पर्दैन उहाँले भन्नुभयो ।
अहिले घरभाडामा बस्नेहरुको लगत संकलनको काम भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक दुरि कायम राखेर लगत संकलन भैरहेको र लगत संकलनपछी राहत बितरण गरिने उहाँले बताउनुभयो ।
Discussion about this post