उदयपुर बैशाख १९ गते । उदयपुर रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राति आत्माहत्या गरेका छन् ।
एक सातादेखी श्रीमतीसहित जनता क्याम्पस रौतामाई–७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले क्वारेन्टाइन भित्रै झुन्डिएर आत्महत्या गरेका हुन् ।
गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि उनलाई गाउँ कै क्याम्पसमा सन्चालन गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।
आत्महत्या गर्नुको कारणलेभने अहिले सम्म खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले बताएका छन् । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनिहरु बिच नियमित झगडा हुँदै आएको बताएका छन् ।
झगडा चर्किदै गएपछी आवेगमा आएर आत्महत्या गरेको हुन सक्ने अन्य व्यक्तिहरुले अनुमान गरेका छन् ।तर एसपी बिरबहादुर बुढामगरले भने अनुमानकै आधारमा झगडाकै कारण आत्महत्या गरेको पुष्टि गर्न नसकिने बताए ।
Discussion about this post