दाङ बैशाख २१ गते ।
दाङमा १५ बर्षीया बालिकालाई करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले करणी गरेको आरोपमा दंगीशरण गाउँपालिका वडा नंं–८ चखौराका २२ बर्षीय सचिन चौधरीलाई पक्राउ गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.–२ कुईरे पानीस्थित जंगलमा गाई चराउन गएको अवस्थामा ति बालिकालाई बजरजस्ती करणी गरेको चौधरीमाथि आरोप लागेको छ । चौधरीले दाङको शान्तिनगर गाउँपालिकां वडा नं.–४ निवासी बालिकामाथि जबरजस्ती गरेको उजुरी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता सुमित खड्काले जानकारी दिनुभयो ।
फरार चौधरीलाई बालापुर प्रहरी चौकीबाट खटिएको टोलीले चखौरामा पक्राउ गरेको हो । चौधरीलाई मुलुकी अपराधसंहिता ऐन २०७४ को परिच्छेद १८ को दफा २१९ अनुसार मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post