बाँके बैशाख २१ गते ।कोहलपुर नगरपालिकाको दक्षिण सिमा शिल, सवारी प्रवेश निषेध गरिएको छ।
नेपालगन्जमा कोरोना संक्रमण देखिएसँगै कोहलपुर नगरपालिकाले आफ्नो दक्षिण तर्फको सिमा पूर्ण रुपमा शिल गर्ने भएको छ । आईतबार कोहलपुर नगरपालिकामा बसेको आपतकालिन बैठकले नेपालगन्जसँग जोडिने दक्षिणतर्फको सिमा शिल गर्ने निर्णय गरेको हो ।
बैठकले आपतकालिन सेवा बाहेकका सबै सवारी साधनलाई कोहलपुर प्रवेशमा रोक लगाएको छ । साथै एक हप्ताकालागी कोहलपुरमा संचालन हुने सम्पूर्ण गतिविधिमा रोक लगाईएको कोहलपुर नगरपालिकाका प्रेस सल्लाहकार भिम रावतले जानकारी दिए । कोहलपुर नगरपालिका वडा नं. १५ को चौधरीया गाँउबाट बाहिरी ब्यक्तिहरु नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा ब्यापक मात्रामा सुरक्षाकर्मी परिचाल गर्ने, नगर क्षेत्रभित्र आयोजना गरीने सबैखालका औपचारीक कार्यक्रम स्थगित गर्ने र भौतिक तथा पुर्वाधार निर्माणका योजना समेत अर्को सूचना जारी नभएसम्मकालागि बन्द गर्ने निर्णय भएको रावतले बताए ।उनले नगरबासिलाई घर भित्रै सुरक्षीत बस्न आग्रह गर्नुको साथै शंकाष्पद व्यक्ति भेटिए तुरुन्त चेकजाँच गर्न लैजान अनुरोध समेत गरेका छन् ।
बाँके जिल्लाको सदरमुकाम नेपालगन्जमा कोरोना संक्रमित देखिएसँगै सिङ्गो जिल्लाको सुरक्षा ब्यवस्था कडा पारीएको छ । स्थानिय प्रशासनले नेपालगन्ज उपमहानगरपालिकाको डिएसपि रोड, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै पुर्ण रुपमा शिल गरीसकेको छ ।
Discussion about this post