काठमाडौ बैशाख २१ गते ।बाँकेको नेपालगन्जमा एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि प्रदेश नम्बर ५ प्रदेश सरकारले आवश्यक स्वास्थ्य सामग्री तत्काल पठाउने भएको छ ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आईतबार सामाजिक संजाल फेसबुकवालमा मार्फत सो कुराको जानकारी दिएका हुन ।
कोरोना भाइरसको संक्रमण छिटो परिक्षणका लागि स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन सो सामाग्री पठाउन लागिएको पोखरेलले जनाएका छन ।
संक्रमितको सम्पर्कमा आएका सबैलाई र शंका लागेका सबैलाई स्वास्थ्य जाचका लागि मुख्यमन्त्री पोखरेलले आग्रह समेत गरेका छन ।
Discussion about this post