बाँके बैशाख २४ गते ।
नेपालगन्जमा हिंजो संकलित ५४ स्वाब मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ।
कोरोना भाइरस संक्रमण परीक्षणका लागि नेपालगन्जबाट संकलन गरिएका स्वाब मध्ये ३४ जनाको रिपोर्ट नेगेटिभ आएको हो । हिंजो संकलन गरिएका २० वटा स्वाबको रिपोर्ट आउन बाँकी छ ।
२३ जनामा कोरोना संक्रमण भेटिएपछि नेपालगन्जको जोलहनपुरुवा, महेन्द्र पार्क, डिएसपी रोड, रानीतलाउन सब्जीमण्डीलगायतका स्थानबाट स्वाब संकलनलाई तीब्र पारिएको छ।
भेरी अस्पतालमा रहेको कोरोना भाइरस संक्रमण जाँच ल्याबमा गरिएको स्वाब परीक्षणमा आज बुधबार ३४ जनामा नेगेटिभ भेटिएको भेरी अस्पतालले आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएको छ ।
Discussion about this post